हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
अमरगढी, २९ जेठ / डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–२ मा ७३ वर्षीया वृद्धको हत्या आरोपमा नाति पक्राउ परेका छन् । सो गाउँपालिकाको कँुवरगाउँ बस्ने २४ वर्षीय रोशनराज गिरीले आफ्नै हजुरआमा राधादेवी गिरीलाई धान कुट्ने काठ (मुसल)ले बुधबार राति टाउकोमा हिर्काएका थिए ।
घाइते वृद्धलाई उपचार क्रममा अस्पताल लैजादा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । रोशनलाई अमरगढी नगरपालिका–११ फिन्नेकोटस्थित लिटिरगाउँको जङ्गलबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस