नारायणी सामुदायिक अस्पतालसँग प्रशासनले माग्यो जवाफ
चितवन, २९ जेठ / भरतपुर अस्पतालमा सारिएका कोरोना सङ्क्रमित बिरामीको मृत्युपछि जिल्ला प्रशासन कार्यालय चितवनले बिरामी सारी पठाएको नारायणी सामुदायिक अस्पताललाई पत्राचार गरी के–कति कारणले पठाएको हो जवाफ माग गरेको छ ।
प्रशासनले पठाएको पत्रमा कोभिड–१९ सङ्क्रमित सघन उपचारकक्षमा उपचाररत बिरामीले के–कति कारण र कसको निर्णयले त्यहाँको अस्पतालबाट भरतपुर अस्पतालमा सारिएको हो जवाफ दिन भनिएको छ । पत्रमा त्यहाँका अस्पतालमा उपचारार्थ आउने बिरामी तथा सेवा प्रवाहमा खट्ने चिकित्सक र स्वास्थ्यर्कीको सुरक्षाका लागि के–कस्तो पूर्व सावधानीका उपाय अवलम्बन गराउने गरिएको छ, जवाफ मागिएको छ ।
यस्तै कोरोना सङ्क्रमित बिरामी उपचाररत स्थानबाट अर्को भरतपुर अस्पतालमा स्थानान्तरण गर्दा स्थानीय प्रशासनसँग समन्वय र भरतपुर अस्पतालसँग समन्वय सहमति भए गरेको हो, होइन ? भएको भए कुन तह र पदाधिकारीको समन्वय र सहमति भएको हो ? भनी प्रश्न गरिएको छ । प्रशासनले यथाशीघ्र अस्पतालको आधिकारिक यथार्थ धारणा के हो विस्तृतरूपमा पछिसम्म फरक नपर्ने गरी खुलाइ पठाइदिन अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाले जानकारी दिनुभयो ।
कोरोना पुष्टि भएपछि सो अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका—११ का ६८ वर्षीय सङ्क्रमितलाई सोमबार साँझ भरतपुर अस्पताल पठाइएकामा मङ्गलबार बिहान मृत्यु भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस