क्वारेन्टिनमा बिरामी परेका उपचार पछि ज्यान गएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि
अर्घाखाँचीको क्वारेन्टिनमा बिरामी परेका उपचार पछि ज्यान गएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको मालारानी गाउँपालिका ( ४ ब्याडापाटामा रहेको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बिरामी परे पछि बुटवलमा उपचार गराएर फर्किँदा बाटोमा मृत्यु भएका ५७ वर्षका व्यक्तिमा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले जानकारी दिए ।
उनको जेठ २३ गते नै स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो ।
स्वासप्रस्वासको समस्या भएपछि उनलाई बुधबार उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । बुटवलमा उपचारपछि घर फर्किने क्रममा उनको मृत्यु भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने उनको मृत्यु कोरोना संक्रमणबाट भएको वा नभएको बारे खुलाएको छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस