हेलिकप्टरमार्फत गर्भवतीको उद्धार
बाजुराको बुढीनन्दा नगरपालिका–१ पिपलडालीमा एक गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गर्भवतीको पेटमा रहेको बच्चा उल्टो र गर्भमै दिसा गरेकाले प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न नसकिने भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट हेलिकप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिनुभयो । उहाँले २७ वर्षीया नाकी कार्कीको हेलिकप्टर मार्फत उद्धार गरिएको सहायक प्रजिअ भण्डारीले बताउनुभयो । कार्कीको पहिलो बच्चा पाउँदा अप्रेशन गरेका कारण जिल्लामा उपचार सम्भव नभएपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले नेपालगञ्ज पठाएको भण्डारीको भनाइ छ । –––
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस