कर्णालीमा थप ५५ जनामा कोरोना, सङ्क्रमित ७६३ पुगे
कर्णालीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ७६३ पुगेको छ । बिहीबार थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७६३ पुगेको हो ।
कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसीआर परीक्षणमा दैलेखका ४८, सुर्खेतका छ र काठमाडौँ बूढानीलकण्ठ–२ निवासी हाल चिङ्गाड गाउँपालिका–५ सुर्खेतमा बस्दै आएका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखमा प्रमुख डा लक्ष्मीनारयाण तिवारीले जानकारी दिनुभयो ।
महाशाखा प्रमुख डा तिवारीका अनुसार दैलेख डुङ्गेश्वर गाउँपालिका छ महिने बच्चा, चार महिलासहित ३९, वडाभैरव, खोर, खगेना, रुम, तुम्लुङ, तुर्सुका नौ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै सुर्खेत चिङ्गाड गाउँपालिकाका छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
–––
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस