दाङमा त्रिशुल प्रहार गरी एककाे हत्या, हत्याराले काटे आफ्नै संवेदनशिल अङ्ग
जेठ ३१ गते, शुक्रबार ।
पश्चिम दाङको हापुरेमा एक व्यक्तिको त्रिशुल प्रहार गरी हत्या भएको छ । बबई गाउँपालिका–३ धनवासको गुन्द्रीबजार निवासी करिव ४६ बर्षीय नारायणप्रसाद डाँगीको त्रिशुल हानेर हत्या भएको प्रहरीले जनाएको छ ।
सोही ठाउँका २४ वर्षीय बालाराम वलीले शुक्रवार विहान घर नजिकै रहेको दुर्गा भगवतीको मन्दिरको त्रिशुल झिकेर घर नजिकै चौतारीमा बसेका डाँगीलाई हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिएका छन् ।
त्रिशुल प्रहारबाट घाइते डाँगीको उपचारका लागि तुलसीपुर ल्याउदै गदा बाटोमा मृत्यु भएको थियो । मदिराले मातेका वलीले पेट र घाटीमा त्रिशुलले हानेको प्रहरीले जानकारी दिएको छ । डाँगीको ह’त्या गरेपछि आफूले आत्महत्याको प्रयास गरेको घट्नास्थल रहेका डिएसपी सिंहले बताए ।
‘उनले बन्चोरोले आफ्नो संवेदनशिल अंग लिंगलगायतका ठाउँमा काटेको छ ।’ घाइते अवस्थामा घर नजिकैको जंगलबाट वलीलाई प्रहरीले प’क्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घाइते वलीको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको डिएसपी सिंहले जानकारी दिएका छन् । घट्ना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस