कुवेतबाट आइपुगे १४९ जना नेपाली
कुवेतबाट आज पनि १४९ जना नेपाली काठमाडौं आइपुगेका छन् । जजिरा एयरलाइन्सको पहिलाे जहाजबाट उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
हिजाे बिहीबार पनि कुवेतबाट ५ सय ३१ जना महिला नेपाल ल्याइएकाे थियाे । कुवेतले आममाफीमा सहभागी नेपालीलाई आफ्नै खर्चमा नेपालसम्म ल्याइदिएको हो ।
कुवेतबाट आज काठमाडाैँ आइपुगेकाहरुमा एक सय ४० जना महिला, २ जना दुई वर्ष मुनिका बालबालिका र ७ जना १२ वर्ष मुनिका बालबालिका रहेका छन् । उनीहरूलाई साझा यातायत र नेपाली सेनाकाे गाडिबाट प्रादेशिक हाेल्डिङ क्षेत्र लगिएकाे छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस