सुत्केरी र गर्भवतीलाई पोषिला खाद्य वितरण
बन्दाबन्दी जारी रहँदा बुटवल उपमहानगरपालिकाले विपन्न समुदायका गर्भवती तथा सुत्केरीलाई पोषिला खाद्य सामग्री वितरण गरेको छ । सुत्केरीलाई पोषणको अभाव हुन नदिन सो उपमहानगरपालिकाले खाद्य सामग्री वितरण गरेको हो ।
आव २०७५-७६ देखि नै नमूना कार्यक्रमका रुपमा उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम शुरु भएको थियो । जनस्वास्थ्यको हटलाइन सेवासँगै सबै वडालाई लक्षित गरेर विभिन्न ठाउँमा फिवर क्लिनिकसमेत सञ्चालनमा छन् । मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलब्ध गराउन संवेदनशील भएर लागिएको उपमहानगरलिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो । स्वास्थ्य सुरक्षा प्रबन्धसहित सामाजिक दूरी कायम गरेर नगरका अतिविपन्न समुदायका सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री प्रदान गरिरहेको उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिनुभयो । लकडाउनको अवधिमा पनि ८१ जना आर्थिकरुपमा विपन्न तथा श्रमिक गर्भवती तथा सुत्केरीको घरमै पुगेर सेवा दिइएको जनाइएको छ ।
उनीहरुलाई क्याल्सियम, आइरन, आयुर्वेदिक औषधि, घ्यू, मेथी, ज्वानो, चामललगायतका पौष्टिक आहार उपलब्ध गराइएको छ । त्यसैगरी स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँच र परामर्शसमेत दिइएको उहाँले जानकारी दिनुभयो । गर्भवती र प्रसूति अवस्थाका साथै बच्चा दुई वर्षको हुँदासम्म दूध, घ्यू, मासु, अण्डा, सागलगायत पोषिला खानेकुरा खानुपर्ने सन्देश पु¥याउन सो कार्यक्रम सञ्चालन भएको थियो । गर्भवती र सुत्केरीका परिवारका सदस्यलाई पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण बनाउन सहयोगका लागि परामर्शसमेत दिइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस