बजेटको प्राथमिकता: प्रविधियुक्त कोरोना अस्पताल र दक्ष चिकित्सक पदस्थापन
हेटौँडा ३० जेठ /वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७७-७८ को बजेट कोरोना भाइरस महामारी (कोभिड–१९) बाट सिर्जित बहुपक्षीय असरको निराकरणमा केन्द्रित हुने बताउनुभएको छ । प्रदेश सरकारले आगामी असार १ गते प्रस्तुत गरिने बजेटको सन्दर्भमा रासससँग उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमणको चुनौती सामना गर्न प्रदेशको १३ वटै जिल्लामा उच्चस्तरीय प्रविधियुक्त कोरोना अस्पताल र आइसोलेसनकक्ष स्थापना तथा दक्ष चिकित्सकलाई पदस्थापन गर्ने कार्यलाई बजेटले उच्च प्राथमिकता दिइएको छ ।”
मन्त्री ढुङ्गेलले जनस्वास्थ्य सङ्कट सामना गर्न पूर्वाधारसहितको गुणस्तरीय स्वास्थ्य पूर्वाधार, निजी क्षेत्रका लागि प्रोत्साहनसहितको आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना, सबै क्षेत्रमा आधुनिक प्रविधि विस्तार, कृषि उत्पादनमा विविधिकरण, उद्योग विस्तार, पशुपालन तथा सामाजिक सुरक्षामा बजेट केन्द्रित हुने बताउनुभयो ।
प्रदेशको १३ वटै जिल्लामा प्रदेशसभाका सदस्यहरुको र स्थानीय तहको मागबमोजिम राष्ट्रिय गौरवको आयोजना, विकास आयोजना र खानेपानी सडक, विद्युतीकरण, स्वास्थ्य उपचार केन्द्रलाई बजेटले विशेष जोड दिएको उल्लेख गर्दै उहाँले हेटौँडा–काठमाडौँ जोड्ने मदनभण्डारी राजमार्गअन्तर्र्गत पोष्टबहादुर बोगटी, भीमफेदी–कुलेखानी सुरुङमार्गलाई आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सरकारले बजेट विनियोजित गरिसकेको जानकारी दिनुभयो ।
मन्त्री ढुङ्गेलले पर्यटन क्षेत्रको विकासका लागि नयाँ संरचना निर्माण र प्रदेशको राजधानी हेटौँडाबाट १३ वटै जिल्लाका जिल्ला सदरमुकाम जोड्ने सडक यातायातलाई आगामी वर्षभित्र सञ्चालनमा ल्याउने गरी सडक विस्तार र स्तरोन्नति गर्नेतर्फ बजेट उन्मुख रहेको उल्लेख गर्दै सार्वजनिक स्रोत र साधनको अधिकतम सदुपयोग हुने गरी बजेट अनुशासन कायम गर्ने तथा बजेट खर्च गर्दा त्यसलाई परिणामसँग जोडिने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस