फौजी किराबाट अन्नबली जोगाउन: सिन्धुपाल्चोकमा चियाखेती शुरु
चौतारा, ३० जेठ/ जङ्गली जनावर र फौजी किराको प्रकोपबाट अन्नबली जोगाउन कठिनाइ उत्पन्न हुँदै गएपछि सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउापालिकामा चियाखेती शुरु गरिएको छ । वडा नं ५ को तौथलीस्थित दखुलाखुडाँडामा अवस्थित व्यक्ति र सार्वजनिक करिब १२ रोपनी जमिनमा चियाखेती शुरु गरिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठले बताउनुभएको छ ।
उक्त वडामा त्रिशूलपार्कसमेत निर्माण गरी नेपालको राष्ट्रिय झण्डा राखिएको छ । पार्कको सुन्दरता कायम राख्नुका साथै नगदे बालीका रूपमा आसपासका जमिनमा पाँच हजार चियाको बिरुवा रोपिएको हो । सो गाउँपालिकाले चालू आर्थिक वर्षमा त्यसका लागि रु पाँच लाख बजेट विनियोजन गरेको थियो । जिल्लाकै मेलम्ची नगरपालिका–२ भोटेचौरस्थित एभरेष्ट चिया उद्योगको नर्सरीबाट बिरुवा खरिद गरिएको हो । समुद्री सतहबाट करिब दुई हजार २०० मिटरको उचाइमा पर्ने उक्त स्थानमा रोपिएका चियाको बिरुवाको मलखाद तथा गोडमेललगायतका सबै जिम्मा स्थानीय किसानले लिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाका सबै १२ स्थानीय तहमा बँदेल, बाँदर, दुम्सी, खरायो, मृगलगायतका जङ्गली जनावरले किसानले लगाएका अन्नबालीमा क्षति पु¥याउँदै आएका कारण चिन्तित बन्दै आएका छन् ।
यसका साथै अब आएर फौजी किराले मकैबालीमा र चिप्ले किराले तरकारीलगायतका बालीमा समेत व्यापकरूपमा क्षति पु¥याउँदै आएको किसानले दुःखेसो प्रकट गरेका छन् । जङ्गली जनावरबाट खाद्यान्न बाली जोगाउन विकल्पको रूपमा जिल्लाका प्रायः सबै पालिकाका किसानले चिया, कफी, अलैँची, किवी तथा फलफूलका बिरुवा रोप्दै आएको पालिकाले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस