रोपाइँको मुखमा मलको अभाव
चितवन, ३० जेठ/असार महिना शुरु हुन लाग्दा कृषकले आवश्यक मात्रामा मल पाउन सकेका छैनन् । जिल्लामा अहिले युरिया मलको अभाव देखिएको छ । घण्टौँसम्म लाइन बस्दासमेत डिएपी र पोटास पाए पनि कृषकले अहिले युरिया मल पाउन सकेका छैनन् ।
धान रोपिसकेपछि बालीमा हाल्नका लागि अवश्यक पर्ने युरिया मल जिल्लाका कुनै पनि स्थानमा पु¥याउन नसकिएको कृषि सामग्री कम्पनी लि शाखा कार्यालय भरतपुरका प्रमुख रवीन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार धान खेतीका लागि मात्र जिल्लामा १५ हजार मेट्रिक टन माग भएको छ । तर अहिले साल्टटे«डिङ र आफूसँग युरिया मल नभएको उहाँले बताउनुभयो । लामो समयसम्म विश्वव्यापी लकडाउनका कारण आपूर्ति असहज हुँदा पर्याप्त मात्रामा मल उपलब्ध गराउन नसकिएको उहाँको भनाइ छ । कम्पनीले गत वर्ष १० हजार मेट्रिक टन युरिया, पाँच हजार मेट्रिक टन डिएपी र एक हजार ५०० मेट्रिक टन पोटास बिक्री गरेको थियो । साल्ट ट्रेडिङले तीन हजार मेट्रिकटन युरिया मल बिक्री गरेको थियो ।
अहिले दुवै संस्थामा मलको अभाव रहेको गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म मौज्दातबाट चलेको थियो । अब कतै छैन । लकडाउनले आउनुपर्ने मल रोकिएको छ ।” लकडाउन खुलेसँगै आपूर्ति सहज हुने उहाँको भनाइ छ । जिल्लामा वर्षेधान २७ हजार ७३५ हेक्टर र चैतेधान छ हजार हेक्टर क्षेत्रफलमा लगाउँदै आएको छ ।
वर्षेधान लगाउने समयमा मल नपाएपछि कृषक चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले मलको अभाव भएपछि प्रदेश सरकारसँग आपूर्ति सहजताका लागि आग्रह गरिएको जानकारी दिनुभयो । मल ल्याएर बिक्री गर्ने संस्थाले सहजरूपमा आपूर्ति गर्न नसक्दा समस्या भएको उहाँको भनाइ छ । मलको व्यवस्थापनका लागि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस