आरडीटीमा काेराेना पाइएका ५ वर्षीय बालकको मृत्यु
जेठ ३० गते।
आरडीटीमा कोरोना पाइएका ५ वर्षीय बालकको मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा ५ वर्षीय बालकको मृत्यु भएको छ ।
बाराको निजगढ बाट ल्याइएका उनलाई शुक्रबार ११ बजे अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । चिकित्सकको सल्लाहअनुसार भेन्टिलेटरमा राख्न पूर्व र्यापिड डायग्नोस्टिक टेस्ट ९आरडीटी० परीक्षण गरिएको थियो । आरडीटी रिपोर्ट पोजेटिभ आए पछि स्वाब संकलन गरेर पीसीआर टेस्टका लागि पठाइएको अस्पतालका सञ्चालक डा। अबुल हैस अन्सारीले बताए । ‘बालकको साँझ मृत्यु भएको छ, स्वाब संकलन गरेर आरटी पीसीआर परीक्षणका लागि नारायणीको ल्याबमा पठाएका छौं’ उनले भने ‘ रिपोर्ट आउन बाँकी छ ।’
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस