• जीवनशैली | Jiwanshaili
  • पर्सामा भेटिएकाे वेवारिसे शवमा कोरोना संक्रमण


    पर्सामा भेटिएकाे वेवारिसे शवमा कोरोना देखिएको छ । वीरगञ्जको घण्टाघरमा मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि नेपालमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ ।

    वीरगञ्जको घण्टाघरमा भेटिएका मृतकको नाम, थर, ठेगाना खुलेको छैन । उनको शव पोष्टमार्टमपछि पनि नारायणी अस्पतालमै राखिएको थियो । बेवारिसे शव भए पनि पीसीआर परीक्षणका लागि अस्पतालले स्वाब संकलन गरेको थियो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस