दिनहुँको आन्दोलन र भीडभाडले संक्रमण भयावह हुन सक्ने खतरा
सरकारले कोरोना नियन्त्रणका लागि चालेका कदम प्रभावकारी नभएको भन्दै सरकारविरुद्ध भीडभाडसहित प्रदर्शन गर्दा जोखिम निम्तने र स्थिति भयावह हुन सक्ने चेतावनी जनस्वास्थ्यविज्ञहरूले दिएका छन् ।
सडकमा धेरै व्यक्ति जम्मा गरेर कार्यक्रम गर्दा कोरोना संक्रमण दर अत्यधिक बढ्न सक्नेतर्फ उनीहरूले सबै पक्षको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
यस्ता प्रदर्शनले सहरी क्षेत्रमा बसोबास गर्ने नागरिकमा कोरोना संक्रमण फैलन सक्ने भयसमेत बढ्न थालेको भन्दै विज्ञहरूले प्रदर्शन रोक्न र त्यस्ता प्रदर्शनमा नजानसमेत सुझाव दिएका छन् । उनीहरूले लगातारको प्रदर्शनले संक्रमण नियन्त्रण बाहिर जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनीहरूले आन्दोलनको मोडालिटी परिवर्तन गर्नसमेत आन्दोलनमा उत्रिएका नागरिकलाई सुझाव दिएका छन् ।
कुनै व्यक्तिलाई कोरोना भाइरस संक्रमण पुष्टि भए श्वासप्रश्वासको माध्यमबाट कोरोना भाइरस फैलिने भन्दै आन्दोलनको स्वरुप परिवर्तन गरेर सरकारलाई दबाब दिन सकिने जनस्वास्थ्य विज्ञहरूको सुझाव छ । हाल राजधानीलगायत देशका विभिन्न स्थानमा दैनिक सरकारविरुद्ध सडकमै प्रदर्शनकारी उत्रिएर आन्दोलन गर्दै आएका छन् ।
सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुनले संक्रमितको संख्या बढ्दै गएकाले भौतिक दूरी कायम गर्नु नै अहिलेको उपयुक्त विकल्प भएको बताए ।
उनका अनुसार भौतिक दूरी कायम गर्न सकियो भने संक्रमण प्रसारण हुने सम्भावना कम रहन्छ । कोरोना भाइरसको संक्रमण उच्चतम बिन्दुतर्फ गइरहेकाले जमघट र भीडभाड गर्दा स्थिति नियन्त्रण बाहिर जान सक्ने चेतावनी पुनले दिएका छन् । यो समाचार आजको राजधानी
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस