म्याग्दीमा थप एक जनामा डेङ्गु
गलेश्वर, ३१ जेठ/ म्याग्दीमा शुक्रबार थप एक जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि आएका मङ्गला गाउँपालिका–३ बरङ्जाका ४९ वर्षीय पुरुषलाई डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो ।
बिरामीको ट्राभल हिष्ट्री नभएकाले ग्रामीण क्षेत्रमै डेङ्गु फैलिने एडिस जातको लामखुट्टे सक्रिय रहेकाले सचेत हुनुपर्ने सुवेदीको भनाइ छ । योसँगै वैशाख र जेठ महिनामा मङ्गला गाउँपालिकामा चार जनामा डेङ्गु पोजेटिभ देखिएको छ भने जिल्लाभर सङ्क्रमितको सङ्ख्या १४ पुगेको छ । बेनी अस्पतालमा छिमेकी जलजला गाउँपालिकाबाट समेत उपचारका लागि आएकी एक वृद्धामा डेङ्गु देखिएको थियो ।
वैशाख ९ गते पहिलो डेङ्गु सङ्क्रमित अर्मनका १७ वर्षीय युवामा स्क्रब टाइफससमेत पोजेटिभ देखिएको थियो । गत वर्ष म्याग्दीमा १२ मा डेङ्गु र एक जनामा स्क्रब टाइफसका देखिएको थियो । डेङ्गु ज्वरो एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक सरुवा रोग हो । डेङ्गु एक बिरामीबाट अर्को बिरामीमा सजिलै सङ्क्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्छ । म्याग्दी देशरभरमै डेङ्गु सङ्क्रमण फैलिने जिल्लामा रुपन्देही पछि दोस्रोमा छ भने गण्डकी प्रदेशका ११ जिल्लामा पहिलो स्थानमा छ ।
स्वास्थ्य कार्यालयले गरेको सर्वेक्षणमा डेङ्गु सार्ने लामखुट्टे बेनी नगरपालिका र मङ्गला गाउँपालिकामा अत्यधिक भेटिएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस