बाँकेमा रासायनिक मल बिक्री शुरु
नेपालगञ्ज, ३१ जेठ/ बाँकेमा आजबाट रासायनिक मलको बिक्री वितरण प्रक्रिया शुरु गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लाका कृषकका लागि मलखादको बिक्री वितरण प्रक्रिया शुरु गरेको हो ।
सो कम्पनीले ठेकेदारमार्फत भैरहवाबाट मल नेपालगञ्ज भित्र्याएको छ । कम्पनीका नेपालगञ्ज प्रमुख रमेश पौडेलले ७३ मेट्रिकटन युरिया र ९७ मेट्रिक टन डिएपी कम्पनीको प्रदेश कार्यालय भैरहवाबाट प्राप्त भएकाले वितरण प्रक्रिया शुरु गरिएको जानकारी दिनुभयो ।
धानखेतीका लागि अझै दुई हजार ४०० मेट्रिक टन युरिया र ७०० मेट्रिक टन डिएपी आवश्यक रहेको उहाँले बताउनुभयो । लकडाउनका कारण कोलकातामा अलपत्र परेको १२ हजार ५०० मेट्रिक टन डिएपी भित्र्याउने प्रक्रिया शुरु भइसकेकाले अबको एक हप्ताभित्र नेपालगञ्ज पुगिसक्ने जनाइएको छ । युरियामल भने भारतको गुजरातमै रहेकाले आयातमा अझै समय लाग्ने बताइएको छ । शाखा प्रबन्धक पौडेलका अनुसार बाँकेमा वार्षिक छ हजार मेट्रिक टन युरिया र तीन हजार मेट्रिक टन डिएपी आवश्यक पर्छ ।
जिल्लाका किसानलाई मल बिक्री वितरण गर्न दामासाहीका आधारमा सहकारीलाई जिम्मा लगाइएको शाखा प्रबन्धक पौडेलले जानकारी दिनुभयो । बाँकेमा कृषि सामग्री कम्पनी लिमिटेडसँग आवद्ध १२० सहकारीमार्फत मल बिक्री हुँदै आएको छ । साल्टटे«डिङ कर्पोरेशनले ६६ सहकारीमार्फत मल वितरण गर्दै आएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस