हाँगाले लागेर बालिकाको मृत्यु
भीमदत्तनगर, ३१ जेठ/ कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ किचाहीमा आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय कृषि सडक छेउको रुखको हाँगा छिनाल्ने क्रममा से६प ३३८९ नंको मोटरसाइकलमा सवार दुई वर्षीया बालिका आरजु खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ ।
दुर्घटनामा परी मृतक बालिकाका बुबा मोटरसाइकल चालक ३० वर्षीय ज्ञानेन्द्र खड्का गम्भीर घाइते भएको इप्रका गुलरियाका प्रमुख प्रहरी नायब निरीक्षक भरत धामीले जानकारी दिनुभयो । “सडक छेउको रुखमा सहकारीले रुखको हाँगा छिनाल्दा हाँगा खसेर मोटरसाइकलमा परेछ” घटनास्थल अनुसन्धानमा खटिएका प्रहरी नायब निरीक्षक धामीले भन्नुभयो, “बालिकाको उपचारका क्रममा मृत्यु भएको र बुबाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।”
ज्ञानेन्द्रको माया मेट्रोमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको समेत जानकारी दिनुभयो । प्रहरीले रुखको हाँगा काट्ने स्थानीय प्रकाश चौधरी र हाँगा काट्न लगाउने ग्वासी विद्युत् सहकारी संस्थाका अध्यक्ष प्रेम कार्कीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस