राजश्व छलेको अशङ्कामा अनुसन्धान
हेटौँडा, ३१ जेठ/ भन्सार राजश्व छलेको आशङ्कामा जफत गरिएको तीन ट्रक चिनीको अनुसन्धान प्रक्रिया शुरु भएको छ । जलेश्वर नाका भन्सारबाट भित्रिएको ७२ हजार केजी चिनीसहित तीनवटा ट्रकलाई केही दिन अगाडि नियन्त्रणमा लिएर छानबिन शुरु गरिएको राजश्व अनुसन्धान विभागको कार्यालय पथलैयाले जनाएको छ ।
जलेश्वर भन्सार नाकाबाट जाँचपास गर्ने सम्बन्धमा चिनीको गुणस्तरमा विवाद आएपछि राजश्व अनुसन्धानले चिनीको गुणस्तर तथा राजश्वसमेत छानबिन गरेको कार्यालय प्रमुख राजन विसीले बताउनुभयो । भन्सार नाकाबाट जाँचपास गराउने क्रममा खाद्य कार्यालय जलेश्वरले उक्त चिनी खान अयोग्य भनी प्रमाणित गरेको थियो । पछि खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागबाट जाँच गराउँदा उक्त चिनी खानयोग्य प्रमाणित भएको थियो ।
चिनी भारतको उत्तर प्रदेश बाहराइच जिल्लाको सिम्भावली सुगर मिलबाट आयात गरिएको बताइएको छ । काठमाडाँैको मनोहरा नगरपालिकास्थित एक व्यावसायिक फार्मले सो चिनी मगाएको कार्यालय प्रमुख बिसीले बताउनुभयो । छानबिन भइरहेको ट्रकसहित चिनी सम्बन्धमा बारा जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस