राजश्व छलेको अशङ्कामा अनुसन्धान

हेटौँडा, ३१ जेठ/ भन्सार राजश्व छलेको आशङ्कामा जफत गरिएको तीन ट्रक चिनीको अनुसन्धान प्रक्रिया शुरु भएको छ । जलेश्वर नाका भन्सारबाट भित्रिएको ७२ हजार केजी चिनीसहित तीनवटा ट्रकलाई केही दिन अगाडि नियन्त्रणमा लिएर छानबिन शुरु गरिएको राजश्व अनुसन्धान विभागको कार्यालय पथलैयाले जनाएको छ ।
जलेश्वर भन्सार नाकाबाट जाँचपास गर्ने सम्बन्धमा चिनीको गुणस्तरमा विवाद आएपछि राजश्व अनुसन्धानले चिनीको गुणस्तर तथा राजश्वसमेत छानबिन गरेको कार्यालय प्रमुख राजन विसीले बताउनुभयो । भन्सार नाकाबाट जाँचपास गराउने क्रममा खाद्य कार्यालय जलेश्वरले उक्त चिनी खान अयोग्य भनी प्रमाणित गरेको थियो । पछि खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागबाट जाँच गराउँदा उक्त चिनी खानयोग्य प्रमाणित भएको थियो ।
चिनी भारतको उत्तर प्रदेश बाहराइच जिल्लाको सिम्भावली सुगर मिलबाट आयात गरिएको बताइएको छ । काठमाडाँैको मनोहरा नगरपालिकास्थित एक व्यावसायिक फार्मले सो चिनी मगाएको कार्यालय प्रमुख बिसीले बताउनुभयो । छानबिन भइरहेको ट्रकसहित चिनी सम्बन्धमा बारा जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस