• जीवनशैली | Jiwanshaili
  • कुपोषित बालबालिकालाई पौष्टिक आहारसहित उपचार


    जुम्ला, ३१ जेठ/ जुम्लाको कनकासुन्दरी गाउँपालिकाका सातजना कुपोषण भएका बालबालिकाको उपचार भइरहेको छ । यहाँको हाँडसिंजा स्वास्थ्य चौकीमा कुपोषित बालबालिकालाई राखेर पौष्टिक आहार खुवाएर उपचार गरिएको हो । हाँडसिंजा स्वास्थ्य चौकीका प्रमुख वीरेन्द्र उपाध्यायका अनुसार गाउँपालिकाभरिका कुपोषित बालबालिकालाई उपचार गर्ने गरी यहाँको स्थानीय सरकारको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो । जुम्ला, ३१ जेठजुम्लाको कनकासुन्दरी गाउँपालिकाका सातजना कुपोषण भएका बालबालिकाको उपचार भइरहेको छ । यहाँको हाँडसिंजा स्वास्थ्य चौकीमा कुपोषित बालबालिकालाई राखेर पौष्टिक आहार खुवाएर उपचार गरिएको हो । हाँडसिंजा स्वास्थ्य चौकीका प्रमुख वीरेन्द्र उपाध्यायका अनुसार गाउँपालिकाभरिका कुपोषित बालबालिकालाई उपचार गर्ने गरी यहाँको स्थानीय सरकारको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो ।

    कुपोषित बालबालिकालाई पौष्टिक आहारसहित उपचार सेवा केन्द्र सञ्चालन गरी बालबालिकाको उपचार गरिएको प्रमुख उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाभरिका कुपोषित बालबालिकाको तथ्याङ्क सङ्कलन गरी यहाँ ल्याएर पौष्टिक आहारसहित उपचारपश्चात् सुपोषित बनाएर घर पठाउने गाउँपालिकाको लक्ष्य रहेको छ ।” बालबालिकाको उमेरअनुसार तौल बढाउने र बालमृत्युदर घटाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । यसै कार्यक्रमअन्तर्गत सातजना कुपोषित बालबालिकालाई स्वास्थ्य चौकीमै राखेर पौष्टिक आहारसहित उपचार गरिएको हो ।

    यसअघि आइएनएफ जुम्लाले जिल्लाभरिका कुपोषित बालबालिकालाई उपचार गर्दै आएको थियो तर उक्त कार्यालय अहिले जुम्लामा नरहेकाले बालबालिकाले उपचार पाउन सकेका थिएनन् । गरिब, विपन्न तथा दलित बालबालिका कुपोषित भएर बालमृत्युदर बढ्ने स्थिति आएपछि गाउँपालिकाले चालू आवदेखि रु तीन लाख ५० हजार बजेटमा यो कार्यक्रम सञ्चालनमा ल्याएको अध्यक्ष नरवीर रावतले बताउनुभयो । अहिले कुपोषित बालबालिकाका यकिन तथ्याङ्क लिएको छैन । अब सबै बालबालिकाको तथ्याङ्क लिएर यो कार्यक्रमलाई निरन्तरता दिएर कुपोषित बालबालिकालाई सुपोषित बनाएर बालमृत्यु दर न्यूनीकरण गर्ने गाउँपालिकाको योजना रहेको प्रमुख उपाध्यायको भनाइ छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस