क्वारेन्टिनमा बसेका व्यक्तिको मृत्युु
स्वर्गद्वारी, ३१ जेठ/ प्यूठानको माण्डवी गाउँपालिका– ४ उदयपुरकोटका क्वारेन्टिनमा बसेका १८ वर्षीय एक व्यक्तिको आज बिहान मृत्यु भएको छ । उनलाई दुई दिनदेखि टाउको दुख्ने, बान्ता गर्ने र श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले जानकारी दिनुभयो । रोजगारीका लागि भारत गएका युवक केही दिनअघि भारतबाट फर्किएर दाङको बङ्गलाचुली गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए ।
क्वारेन्टिनमा मृतकसँगै रहेका १३१ जनाको पिसिआरका लागि स्वाव सङ्कलन गरी पठाइएको थियो । यसमध्ये आज ५२ जनाको रिपोर्ट आए पनि मृतक युवकको भने रिपोर्ट नआएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भक्त जिसीले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस