जिप दुर्घटना हुँदा एकको मृत्यु

स्याङ्जा, ३१ जेठ /जिप दुर्घटना हुँदा किशोरीको मृत्यु भएको छ । भिरकोट नगरपालिका– ५ मा आज जिप दुर्घटना हुँदा भिरकोट– ५ की १५ वर्षीया दुर्गा अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो तिलाहार नेटास्थित कच्ची सडकखण्ड पकानफाँटबाट नेटातर्फ जाँदै गरेको ग२च २३७३ नंको जिप उकालो बाटोमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर घाइते भएकी दुर्गा अर्यालको कालिका सामुदायिक अस्पताल हेलुमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक विमलराज कँडेलले जानकारी दिनुभयो ।
दुर्घटनामा परी जिप चालकसहित अन्य सात जना घाइते भएका छन् । दुर्घटनामा भिरकोट– ५ की ३७ वर्षीया शान्ती अर्याल, ३६ वर्षीय गीता अर्याल, २७ वर्षीया पार्वती अर्याल, ५६ की शोभा अर्याल, ७० वर्षीय भीमकुमारी अर्याल र २४ की सुस्मा अर्याल घाइते हुनुभएको छ ।
घाइतेलाई गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको र जिप चालकलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको रहेको जिल्ला प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस