पर्वतमा भीषण पहिरो,हजुरआमा नातीकाे मृत्यु, ७ बेपत्ता
पर्वतको कुस्मा नगरपालिकाको वडा नम्बर ३ मा पर्ने दुर्लुङ काफलचौरमा भीषण पहिरोले दुई घर बगाएको छ । पहिरोमा पुरिएर मृत्यु भएको अवस्थामा दुईजनाको शव भेटिएको छ, भने अन्यको खोजी कार्यजारी छ । स्थानीय हेम बहादुर थापा र कमला बि.क.को घर बगाउदाँ ९ जना पहिरोमा पुरिएको प्रहरीले जानकारी दिएको छ ।
भर्खरै घटनास्थल पुगेको प्रहरीले हेम बहादुर थापाकी श्रीमति र नातिनीको शव भेटिएको जानकारी दियो । प्रहरी नायब निरिक्षक मोहन कुमार खडकाका अनुसार पहिरोमा हेम बहादुर थापाको परिवारका ६ जना र कमला बिकको परिवारका ३ जना पुरिएकोमा दुईको शव भेटिएको पुष्टि गरेका हुन ।
शनिबार साँझ भारी वर्षातसँगै आएको पहिरोले नजिकै रहेका अन्य घरहरुमा समेत क्षति पुगेको छ । उद्धारका लागी प्रहरी, सेना र स्थानीय पुगेपनि रातीको समयमा भएकाले क्षतिको यकिन विवरण आउन कठिनाई भएको प्रहरीले भनाई छ ।
पहिरोले दुईवटै घर पुरेकाले पहिरोमा पुरिएका सबैको मृत्यु भएको हुनसक्ने उद्धारमा खटिएका प्रहरीको आशंका छ । यो समाचार तयार हुदाँ हुदै पहिरोमा पुरिएका थप एकजनाको शव भेटिएकाले बाँकी ६ जनाको खोजिकार्य भईरहेको प्रहरीको भनाई छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस