• जीवनशैली | Jiwanshaili
  • चीनमा दुई महिना यताकै धेरै काेराेना संक्रमण, दाेस्राे चरणकाे खतरा बढ्याे


    चीनले दुई महिनापछि राजधानी बेइजिङमा पहिलोपटक ठूलो संख्यामा स्थानीय स्तरमा संक्रमित फेला परेको जनाएको छ।

    एसियाकै ठूलो दाबी गरिएको सिङ्फाडी होलसेल बजारमा यी संक्रमित भेटिएका हुन्।

    २४ घण्टाको अवधिमा ५७ जना संक्रमित फेला परेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ।

    यसअघि मध्य अप्रिलमा बेइजिङमा ३६ जना संक्रमित फेला परेका थिए।

    नयाँ संक्रमणले भाइरस स्थानीय स्तरामा पुनः देखा पर्नसक्छ भन्ने देखाएको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस