• जीवनशैली | Jiwanshaili
  • बिगमार्टमा मूल्यसूची र बिलको भाउ फरक


    काठमाडौँ, ३२ जेठ/ “बिगमार्ट नामको डिपार्टमेन्टल स्टोरले मूल्यसूचीमा एउटा भाउ लेख्ने तर काउन्टरमा पैसा तिर्ने बेलामा बढी लिने गरेको छ, मूल्यसूचीमा कागतीको मूल्य किलोको रु १२५ लेखिएको थियो, काउन्टरमा बिल लिएर हेर्दा रु १३२ आयो, किन मूल्यसूचीमा कम बिलमा बढी भनी प्रश्न गर्दा ‘हाम्रो सिस्टम’ मा यस्तै छ भन्दै काउन्टरका कर्मचारीले भने, मैले सामान नै छोडेर हिँडेँ”, तीन दिनअघिको घटना सुनाउँदै उहाँले भन्नुभयो ।

    यस सम्बन्धमा जानकारी गराउन नगरपालिकाकी उपप्रमुख शान्ति नेपाललाई पटकपटक फोन गर्दासमेत नउठेको पीडितको गुनासो छ । बिगमार्टमा फलफूललगायत दैनिक उपभोगका लागि अत्यावश्यक अन्य सामग्रीमा पनि यसैगरी उपभोक्तासँग पैसा असुल हुने गरेको छ । बिगमार्ट अत्तरखेलका स्टोर व्यवस्थापक सुशील सुनुवार मूल्यसूची र बिलमा फरक मूल्य लिइनु गल्ती भएको स्वीकार्नुहुन्छ । उपत्यकामा बिगमार्टका ४८ डिपार्टमेन्टल स्टोर रहेको बजार व्यवस्थापक साजन पौडेलले बताउनुभयो ।

    मूल्यवृद्धि गोकर्णेश्वरमा मात्र होइन सँगैको कागेश्वरी मनोहरा नगरपालिकामा उस्तै छ । कागेश्वरी मनोहरामा पनि अत्यावश्यकरूपमा उपयोग हुने चिजबिजमा रु १० देखि १०० सम्म मूल्यवृद्धि भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–५ को थली र ६ को मूलपानीमा रहेका दुई तोरी मिलमा तोरीको तेलको मूल्य यही अवधिमा प्रतिलिटर रु १० ले वृद्धि भएको छ । तेल लिन जाँदा बन्दाबन्दीले रु १० मूल्य बढ्यो भनी मिल साहुले भने पनि के कारण बढेको भन्ने जवाफमा केही उत्तर नदिएको नगरपालिका–५ का उपभोक्ता श्रीकुमार पुडासैनीले गुनासो गर्नुभयो । बन्दाबन्दीपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छैन । घट्दै गएको छ ।

    अत्यावश्यक सेवाका चिजबिजको ढुवानी बन्दाबन्दीको अवधिमा पनि पूर्ववत्रुपमा नै भइरहेको छ तर स्थानीय बजारमा एकाएक भाउ बढ्नुको कुनै कारण छैन । यसलाई अनुगमन एवं नियन्त्रण गर्ने कानूनी अधिकार पाएका स्थानीय तह मौन बस्नु रहस्यपूर्ण बनेको पुडासैनीको गुनासो छ । यस सम्बन्धमा अनुगमन समिति संयोजकसमेत रहनुभएकी कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख विन्दु सिम्खडा पुडासैनीले समेत फोन नउठाएको उहाँको गुनासो छ । दुवै नगर उपप्रमुख प्रतिक्रियाका लागि सम्पर्क गर्दा उहाँहरुको फोन उठेन ।

    बन्दाबन्दी भएको तीन महिना हुनलाग्दासमेत स्थानीय सरकार बजारमा भइरहेको अनियमितता, मूल्यवृद्धि, कृत्रिम अभाव एवं कालोबजारीका विरुद्ध मौन बसेका छन् । बजारमा धेरै ठाउँमा मूल्यसूची नै हुँदैन । मूल्यसूची हुने बजारमा समेत त्यसभन्दा बढी भाउ लिने गरेका छन् । स्थानीय सरकार यस विषयमा मौन बस्दा मनोबल बढ्न गई मनपरी भाउ बढेको उपभोक्ताको गुनासो छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस