मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त
पोखरा, ३२ जेठ/ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङको ढकालबारीमा गएको पहिरोमा जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । आज यहाँ एक विज्ञप्ति प्रकाशित गरी उहाँले अविरल वर्षाका कारण शनिबार राति गएको पहिरोमा परी ज्यान गुमाउनुहुनेहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
“पहिरोमा परी बेपत्ता भएकाहरु सकुशल फेला पर्ने अपेक्षासहित खोजी र उद्धारकार्यमा निरन्तर जुटिरहनुभएका सबैप्रति हार्दिक धन्यवाद दिन चाहन्छु । वर्षाको समयमा जुनसुकै बेला पनि प्राकृतिक विपत्ति आउनसक्ने सम्भावनालाई मध्ययनजर गर्दै आवश्यक पूर्वतयारीमा जुट्न र सावधानी अपनाउन आम दिदीबहिनी तथा दाजुभाइमा हार्दिक अपिल गर्दछु”, प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
घरभन्दा लगभग ३०० मिटर माथिबाट आएको पहिरोमा पुरिएका दुई घरका नौमध्ये छ जनाको शव भेटिएको छ भने तीन अभैm बेपत्ता रहेका जनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस