• जीवनशैली | Jiwanshaili
  • भारतीय अभिनेता शुसान्त सिंह राजपूतले गरे आत्महत्या


    भारतीय अभिनेता शुसान्त सिंह राजपूतले आत्महत्या गरेका छन् ।

    ३४ बर्षिय अभिनेता राजपूत आफ्नै निवासमा झुण्डीएको अवस्थामा फेला परेका हुन् । उनले के कारणले आत्महत्या गरे भन्ने थाहा हुन सकेको छैन् ।

    भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्र सिंह धोनी माथि बनेको बायाेपिक सिनेमामा उनले धोनी बनेर अभिनय गरेका थिए । यस्तै राजकुमार हिरानीकाे चर्चित सिनेमा पिके मा पनि अनुस्का शर्माको ब्वाइफ्रेन्डको भुमिकामा उनले अभिनय गरेका थिए ।

    गत वर्ष आएकाे उनकाे फिल्म छिछाेरे निकै चर्चित भएकाे थियाे । उनले सन् २०१३ मा काईपाेचे सिनेमाबाट बलिउडमा अभिनय शुरु गरेका थिए । पहिलाे सिनेमाबाट नै उनले बेस्ट मेल डब्यूकाे फिल्म फेयर अवार्ड जितेका थिए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस