स्वास्थ्य सुरक्षा सामग्री सहयोग

गण्डकी प्रदेश सरकारलाई कोरोना जोखिम हुन नदिन पोखराको प्रतिष्ठित व्यापारिक घराना लक्ष्मी ग्रुपले रु ५० लाख बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सो ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले आज यहाँ उक्त सामग्री हस्तान्तरण गर्नुभयो । सो अवसरमा मुख्यमन्त्री गुरुङले विषम परिस्थितिमा सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग गरेकोमा लक्ष्मी ग्रुपलाई धन्यवाद दिनुभयो ।
उहाँले ढुक्क भएर लगानी गर्न आग्रह गर्दै प्रवद्र्धनका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले उक्त सामग्री प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत आपूर्ति केन्द्रका निर्देशक खीम खड्कालाई हस्तान्तरण गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार ती सामग्री आवश्यकताअनुसार प्रदेशका जिल्लामा प्रयोग गरिने छ । सो अवसरमा कोरोना जोखिम न्यूनीकरण गर्न अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मीका लागि उक्त सामग्री वितरण गरेको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारबाट स्थापित र सञ्चालित विशेष कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा रु एक करोडको आर्थिक सहयोग गर्ने घोषणा गरेसँगै हामीले यसअघि रु ५० लाख राहत कोषमा सहयोग गरिसकेको र अहिले रु ५० लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हौँ ।”
उहाँका अनुसार ग्रुपले ६०० पिपिइ सेट, त्यति नै सङ्ख्यामा पञ्जा र चश्मा, तीन हजार ६०० थान एन–९५ मास्कलगायतका सामग्री प्रदान गरेको हो । यसअघि लक्ष्मी हाउसले स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पिपिईलगायतका स्वास्थ्य सामग्री प्रदान गरिसकेको छ भने पाटन अस्पताल र किस्ट अस्पतलालाई पनि सहयोग गरेको ग्रुपले जनाएको छ । त्यसैगरी ग्रुपले देशका विभिन्न सार्वजनिक अस्पातलमा कोरोना भाइरसको प्रारम्भिक स्क्रिनिङका लागि फिभर क्लिनिकसमेत स्थापना गरेको छ भने व्यवसायिकतासँगै विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्व पनि पूरा गर्दै आएकोे छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस