चीनको बेइजिङमा अकस्मात नयाँ कोरोना सङ्क्रमित भेटिए
बेइजिङ, ३२ जेठ/ चीनमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु फेरि एकाएक बढेका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार नयाँ ६६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणमा आएको भनिएपनि अहिले पहिलो पटक एकै पटक धेरै जना सङ्क्रमित भेटिएका हुन् ।
राजधानी बेइजिङमा अहिलेसम्मकै धेरै सङ्क्रमित एकैपटक देखिएको उनीहरुको भनाई छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार ५७ जना पूर्ण रुपमा सङ्क्रमित भएका छन् भने अरु नौ जना सङ्क्रमणको पुर्वअवस्थामा रहेका छन् । सङ्क्रमितमध्ये ३८ जना आन्तरिक रुपमा सरेर सङ्क्रमित भएको पाइएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले अरु १०३ जनालाई पनि शंकास्पद मानेर क्वारेन्टाइनमा राखिएको बताएका छन् ।
आन्तरिक रुपमा सरेर सङ्क्रमित ३८ जना मध्ये ३६ जना बेइजिङका रहेका छन् भने अरु दुई जना लिओनिङ प्रान्तका रहेका छन् । पछिल्ला केही दिनमा बेइजिङमा मात्रै ४६ जना सङ्क्रमित भेटिएका छन् । यसलाई सरकारी अधिकारीहरुले आश्चर्यजनक मानेका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस