चार विधेयक टेबुल
काठमाडौँ, १ असार / राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चार विधेयक टेबुल भएको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले ‘आर्थिक विधेयक, २०७७’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७’, ‘ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक, २०७७’ र ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७’ टेबुल गर्नुभएको हो । बैठकमा विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमध्ये ११ मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल हुँदैछ ।
आज कानून, न्याय तथा संसदीय मामिला, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, भौतिक पूर्वाधार तथा यातायात, खानेपानी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रायलयअन्तर्गत विनियोजन शीर्षकमाथि छलफल हुनेछ । यसैगरी युवा तथा खेलकूद, अर्थ, सञ्चार तथा सूचना प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र वन तथा वातावरण मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस