म्याग्दीमा चहलपहल बढ्यो
गलेश्वर, १ असार /सरकारले लकडाउनको स्वरूप परिवर्तन गरेपछि म्याग्दीमा चहलपहल बढेको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न गत चैत ११ गतेदेखि जारी भएको बन्दाबन्दीको स्वरूप परिवर्तन गरेपछि बैंक तथा वित्तीय संस्था, बजार, उद्योग, सवारी साधन सञ्चालन हुन थालेसँगै चहलपहल बढेको हो ।
बजारमा सामान किन्न निस्कने सर्वसाधारण र निजी सवारी साधनको चाप बढ्दै जान थालेको छ । सरकारले सुरक्षा अपनाएर बजार, उद्योग, निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेसँगै यहाँको जनजीवन सामान्यतर्फ उन्मुख हुन थालेको छ । सामाजिक तथा भौतिक दूरी कायम गरी सुरक्षा मापदण्ड अपनाएर पसल सञ्चालन गरेको व्यापारीहरूले बताएका छन् । सामान खरिद गर्न आउने सर्वसाधारणबीच दूरी कायम गरी सुरक्षाका उपाय अपनाउँदै पसल खुलाएको उद्योग वाणिज्य सङ्घले जनाएको छ । सडकमा मानिसको भीड देखिन थालेको छ ।
लामो समयसम्म बन्दाबन्दी हुँदा आर्थिक क्रियाकलापसँगै सर्वसाधारणको जनजीवन प्रभावित भएको थियो । “बैंक तथा वित्तीय संस्थाहरुमा मात्र भीड छ पसलहरु प्रायः सुनसान नै छन् ।” फेन्सी पसल सञ्चालक प्रकाश सापकोटाले भन्नुभयो । जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन पुगेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस