४३ महिला हिंसाका उजूरी दर्ता
खलङ्गा, १ असार/जिल्ला प्रहरी कार्यालय जुम्लाअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा चालु आर्थिक वर्षको हालसम्म ४३ महिला हिंसाका उजूरी परेका छन् । आव २०७४÷०७५ मा ४९ उजूरी परेकामा आव २०७५÷०७६ मा ८६ परेका थिए ।
पहिले प्रहरीकहाँ गएपछि मात्र हरेक घटना अदालतमा पेश हुन्थे । अहिले सीधै अदालतमा जाने भएकाले महिला तथा बालबालिका सेवा केन्द्रमा उजूरी दर्तामा कमी आएको हो । गत आर्थिक वर्षका तुलनामा चालु आवको हालसम्म झण्डै आधा कम उजूरी परेको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी जवान अमृता भण्डारीले बताउनुभयो । घरायसी झगडा परेर प्रहरीसम्म आइपुग्दा महिलाले सम्बन्धविच्छेद गर्न हतार गर्ने गरेको र केही समय विचार गरेर मात्रै निर्णय लिन सल्लाह दिने गरेको भण्डारीको भनाइ छ ।
प्रहरीसम्म पर्ने उजूरीको संख्या केही कम देखिए पनि हिंसाका घटनामा सोचेजति कमी आउन सकेको छैन । तीन आवको तथ्याङ्कानुसार प्रहरीसम्म पुगेका उजूरी अदालतसम्म पुग्ने गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले बताउनुभयो । गत दुई आवमा १६ उजूरी आफूखुशी अदालत पुगेका थिए । हिंसाका अधिकांश घटनामा प्रहरीकहाँ उजूरीदेखि अदालती प्रक्रियासम्म महिला अधिकारकर्मीको सहयोग रहने गरेको छ । बन्दाबन्दी समयमा ६० प्रतिशतभन्दा कम उजूरी केन्द्रमा परेका हुन् । घरेलु हिंसासम्बन्धी तीन र झैझगडाका सात निवेदन परेकामा ६ वटाको मिलापत्र भएको जनाउँदै चन्दले चार प्रक्रियामा रहेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस