अर्का अश्वेत व्यक्तिको हत्यापछि अमेरिकामा आन्दोलन
असार १ गते, सोमबार
वासिङ्टन/ एटलान्टामा एक गोरा प्रहरीले एक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको भन्दै अमेरिकी शहरहरुमा पुनः हिंसा फैलिएको छ ।
मिनियापोलिसमा प्रहरी नियन्त्रणमा जर्ज फ्लोएड नामका अश्वेत व्यक्तिको हत्या भएपछि अमेरिकाभर जातीय विषयमा तात्तातो बहस चलिरहेका बेला एटलान्टामा अर्का अश्वेत व्यक्तिको हत्याले धेरैलाई क्रुद्ध बनाएको छ ।
एटलान्टाका २७ वर्षीय रेसार्ड ब्रुक्सको हत्या नै भएको स्वास्थ्य परीक्षणबाट खुलेपछि अमेरिकी शहरहरुका सडकमा प्रदर्शन हुनुका साथै स्थानीय प्रहरी प्रमुखले राजीनामा गर्नु परेको छ ।
क्रुद्ध प्रदर्शनकारीले ब्रुक्सको हत्या भएको स्थान नजिकको वेन्डी रेस्टुराँमा आगो लगाइदिएका छन् । ब्रुक्सले यही रेस्टुराँमा जाने बाटोमा कार तेस्र्याएर मानिसको आवतजावतमा अबरोध गरेको भन्दै प्रहरीले उनीमाथि गोली चलाएको थियो ।
एटलान्टाका मेयर केशा लान्स बटम्सले शनिबार पत्रकार सम्मेलन गरी प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिइसकेको घोषणा गर्नु भएको थियो ।
मेयर बटम्सले प्रहरीले शक्तिको दुरुपयोग गरेको भन्दै क्षमा माग्नु भएको थियो । ब्रुक्समाथि गोली चलाउने प्रहरी अधिकृत ग्यारेट रोल्फलाई सेवाबाट बर्खास्त गरिएको छ ।

फुल्टोन काउन्टीका न्यायाधीवक्ता पल होवार्डले दोषी प्रहरी अधिकृत रोल्फमाथि फौजदारी अभियोग लगाउने वा नलगाउने भन्ने बारेमा चाँडै निर्णय हुने जानकारी दिनुभयो ।
गत शुक्रबारको यो घटना हुँदा ब्रुक्स आफ्नो कारमा सुतिरहेका थिए । वेन्डी रेस्टुराँमा आवतजावत गर्ने मार्गमा अवरोध गरेको भन्दै उक्त रेस्टुराँले प्रहरीलाई खबर गरेको थियो ।
तत्काल उक्त स्थानमा पुगेको प्रहरी र कारभित्र सुतिरहेका ब्रुक्सबीच भनाभन हुनुका साथै हातपात भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
भिडियो फुटेजमा दुई जना श्वेत प्रहरीले ब्रुक्सलाई नियन्त्रणमा लिन निकै प्रयास गरेको देखिएको छ । यहीबीच प्रहरीकै हतियार खोसेका ब्रुक्समाथि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

तर प्रहरीबाट खोसिएको हतियार घातक नरहेको र त्यसबाट मानिसको मृत्यु नहुने अनुसन्धान अधिकारीहरुले बताएका छन् । प्रहरीसामु अन्य थुप्रै विकल्पहरु हुँदाहुँदै प्रहरीले गोली चलाएको आरोप प्रहरीमाथि लागेको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट मेक्सिकोमा आईतबार थप २६९ जनाको मृत्यु छ। मेक्सिकामा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १७ हजार १४७ पुगेको छ । यस्तै यस भाइरसबाट १ लाख ४६ हजार ८३७ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा थप ४ हजार १ सय ४७ जना यस भाइरसबाट संक्रमित भएका छन् ।
विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ८० लाख मानीसमा भइसकेको छ भने ४ लाख ३५ हजार जनाको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस