• जीवनशैली | Jiwanshaili
  • कर्णालीमा क्वारेन्टिनमा एक जनाको मृत्यु, २ वर्षीय बालक सहित ११० जना कोरोना पुष्टी (विज्ञप्ति)


    सुर्खेतको गुर्भाकोट नगगरपालिकामा रहेको क्वारेन्टिनमा एक जनाको मृत्यु भएको छ। सोमबार बिहान गुर्भाकोट नगरपालिका-७ स्थित सिलवानीमा रहेको क्वारेन्टिनमा वडा नम्बर ८ का एक पुरुषको मृत्यु भएको हो।

    उनी १३ दिनअघि भारतको गढवालबाट आएको गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले जानकारी दिए।  उनका अनुसार ती व्यक्ति लामो समयदेखि क्षयरोगका बिरामी थिए।

    सोमबार कर्णालीमा ११० जना कोरोना संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका ९१ जना, सुर्खेतका १९ जनामा संक्रमण पुष्टि भएको हो।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमध्ये ३ जनामा र सुर्खेतमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमध्ये १०७ जनामा कोरोना पोजेटिभ देखिएको हो।

    No photo description available.

    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस