बागलुङको ८०० स्वाब पोखरामा
गलकोट, १ असार/ बागलुङका १० स्थानीय तहका विभिन्न क्वारेन्टिनमा भारतबाट आएका एक हजार ७०० बढी छन् । उनीहरुलाई स्थानीय तहले खानपान र व्यवस्थापन गरेर राखेको छ । अहिले स्वास्थ्य कार्यालय र धौलागिरि अस्पतालका साथै ढोरपाटन नगरपालिका र बरेङ गाउँपालिकाले आफै भिटिएम खरिद गरेर स्वाब सङ्कलन गरिरहेको छ । यद्यपि पोखरामा पिसिआर रिपोर्टमा ढिलाइ हुँदा क्वारेन्टिनमा बसेका थप जोखिम र सकसमा छन् भने स्थानीय सरकारले खानपान र व्यवस्थापन थेग्न पनि कठिनाई भएको गुनासो गरेका छन् ।
पोखरामा स्वाब परीक्षणका लागि पठाए पनि रिपोर्ट आउन ढिलाइ भएको स्वास्थ्य कार्यालयका प्रमखु सुरज गुरौँंले जानकारी दिनुभयो । “हामीले स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाएका ८०० बढीको रिपोर्ट आउन बाँकी छ” गुरौले भन्नुभयो,“लामो समय क्वारेन्टिनमा हुँदा हामीलाई पनि थुप्रै गुनासा र समस्या आएका छन्, अब पिसिआर पठाएका बाहेक अरुलाई १४ दिन पुगेको र लक्षण नदेखिएको हकमा आरडिटी गरेर घर पठाइरहेका छौं ।” गुरौका अनुसार, अझै ४०० बढीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न नै बाँकी छ । पोखरा पिसिआरका लागि स्वाब पठाएकाहरुको हकमा भने १४ दिन पुगिसके पनि रिपोर्ट नआउँदै घर पठाउने कि नपठाउने भन्ने अन्यौल छ । यसका लागि छलफल चलिरहेको र चाडै निर्णयमा पुगिने गुरौले जानकारी दिनुभयो ।
अहिले जिल्लामा कूल सङ्क्रमितको सङ्ख्या ४० पुगेको छ । जसमा सुरुवाती दुई र पछिल्लो साता ६ जना गरेर ८ जना घर फर्किएका छन् । बाँकी धौलागिरि अस्पताल, धौलागिरि क्याम्पस र बूर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेन र प्रि आइसोलेसनमा उपचाररत छन् । रिपोर्ट ढिलो आउँदा सङ्क्रमण बढ्ने सम्भावना रहेको स्वास्थ्यकर्मी बताउछन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस