• जीवनशैली | Jiwanshaili
  • गृह मन्त्रालयले गर्यो यस अघि जारी गरेको सबै अस्थायी सवारी पास खारेज


    काठमाडौँ —गृह मन्त्रालयले गर्यो यस अघि जारी गरेको सबै अस्थायी सवारी पास खारेज गरेको छ । यस अघि जारी गरी गरेको अस्थाई सवारी पास खारेज गरिएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए । गृह मन्त्रालयले जिल्ला भित्र संचालन गर्न मिल्ने जारी गरिएका दुईपांग्रे र चारपांग्रे निजी सवारी साधनका पास जोर बिजोर प्रणाली लागू भएपछि अस्थायी सवारी पास खारेज गरिएको उनले बताए । सोमबार नै गृह मन्त्रालयले निर्णय कार्यान्वयनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

    सरकारले लकडाउन खुकुलो गरेसँगै जोर बिजोर प्रणालीमा निजी सवारी साधन चल्न दिएको छ । उपत्यकाका तीन जिल्ला बाहेक अन्य जिल्लामा भने ओहोरदोहोर गर्न प्रतिबन्ध कायम नै छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस