ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु
सिञ्जा, २ असार/ जुम्लाको पातारासी गाउँपालिकामा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोमबार राति भे१त ७३३२ नंको ट्र्याक्टर दुर्घटनामा परेर पातारासी–४ का ४८ वर्षीय जयबहादुर बुढाको मृत्यु भएको हो ।
जुम्ला सदरमुकाम खलङ्गाबाट पातारासीको लासीबजारसम्म छड र सिमेन्ट लिएर जाँदै गरेको ट्र्याक्टर कोटाभिड नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । ट्र्याक्टरमा चढेका अरु दुई जना घाइते भएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । ट्र्याक्टर सडकबाट झण्डै ५० मिटर तल खसेको छ ।
घाइते हुनेमा ३६ वर्षीय वीरबहादुर बुढा र ३८ वर्षीय धनसुर बुढा रहेका छन् । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । ट्र्याक्टर चालक यज्ञराज बोहोरा प्रहरी नियन्त्रणमा छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस