बालविवाह आरोपमा बेहुलासहित तीन पक्राउ

ओखलढुङ्गा, २ असार/ बालविवाह गरेको आरोपमा बेहुलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा गत जेठ २५ गते परिवारको सहमतिमा २२ वर्षीय युवकसँग १८ वर्षीया बालिकाको विवाह गराएको उजुरी परेपछि प्रहरीले बेहुलासहित तीन जनालाई पक्राउ गरेको हो ।
उमेर नपुग्दै विवाह गर्ने दुहाला–दुुलही दुवै मोलुङ गाउँपालिकाका स्थानीयवासी हुन्् । पक्राउ पर्नेमा बेहुला, बेहुलाका बुवा र बेहुली पक्षबाट बालिकाका बुवा रहेका छन् । गाउँपालिकास्थित न्यायिक समितिको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो ।
शेर्पा परिवारका उनीहरुबीच यसअघि केटा र केटीले भागी विवाह गरेको र केही समयअघि मात्रै परिवारले सामाजिक परम्पराअनुसार विवाह गराएका थिए । पक्राउ परेका उनीहरुलाई बालविवाहअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस