बालविवाह आरोपमा बेहुलासहित तीन पक्राउ
ओखलढुङ्गा, २ असार/ बालविवाह गरेको आरोपमा बेहुलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा गत जेठ २५ गते परिवारको सहमतिमा २२ वर्षीय युवकसँग १८ वर्षीया बालिकाको विवाह गराएको उजुरी परेपछि प्रहरीले बेहुलासहित तीन जनालाई पक्राउ गरेको हो ।
उमेर नपुग्दै विवाह गर्ने दुहाला–दुुलही दुवै मोलुङ गाउँपालिकाका स्थानीयवासी हुन्् । पक्राउ पर्नेमा बेहुला, बेहुलाका बुवा र बेहुली पक्षबाट बालिकाका बुवा रहेका छन् । गाउँपालिकास्थित न्यायिक समितिको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो ।
शेर्पा परिवारका उनीहरुबीच यसअघि केटा र केटीले भागी विवाह गरेको र केही समयअघि मात्रै परिवारले सामाजिक परम्पराअनुसार विवाह गराएका थिए । पक्राउ परेका उनीहरुलाई बालविवाहअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस