सामाजिक दूरी कायम गरी पेशा व्यवसाय सञ्चालन गर्नुपर्ने
काठमाडौँ, २ असार / चन्द्रागिरि नगरपालिकाले सामाजिक तथा भौतिक दूरी कायम गरी पेशा व्यवसाय सञ्चालन गर्नुपर्ने बताएको छ । नगरपालिकाका प्रमुख घनश्याम गिरीको अध्यक्षतामा सोमबार बसेको सुरक्षा निकायसहित ६ वटै विषयगत समितिको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर पेशा, व्यापार, व्यवसाय र कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले असार १ देखि सामाजिक, भौतिक दूरी र स्वास्थ्य मापदण्ड पालना गरेर पेशा व्यवसायलगायत आवश्यक कार्यालय खोल्ने सरकारको निर्णयअनुसार सोही निर्णयलाई पालना गर्नुपर्ने बताउनुभयो । चन्द्रागिरिले कोरोना सङ्क्रमणको जोखिम पालना नगरे जुनसुकै बेला सूचना जारी गरी उपयुक्त कदम चाल्न सक्ने जनाएको छ ।
चन्द्रागिरी नगरपालिका काठमाडौँ उपत्यका भित्रिने मुख्य प्रवेशद्धारमा रहेको नगरपालिकासमेत भएकाले जोखिम बढ्नसक्ने भन्दै विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरिएको छ । प्रवक्ता महर्जनले नगरपालिकाभित्र सञ्चालन हुने निर्माण, सेवा, पेशा, व्यवसाय सञ्चालन गर्दा सामाजिक तथा भौतिक दूरी र स्वास्थ्य मापदण्ड पालना गर्नका लागि सचेतनाका कार्यक्रम समेत सञ्चालन गर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस