जुम्लाका क्वारेन्टिनबाट २४९ घर फिर्ता
खलङ्गा, २ असार /कोभिड १९ को सङ्क्रमण रोकथामका लागि जुम्लाका क्वारेन्टिनमा बसेका २४९ जना घर फर्किएका छन् । भारतलगायत अन्य मुलुकबाट आएका व्यक्ति क्वारेन्टिन अवधि पूरा गरी घर फर्किएका हुन ।
पिसिआर परीक्षणमा नतिजा नेगेटिभ आएपछि जिल्लाका एक नगरपालिकासहित सात गाउँपालिकाका विभिन्न स्थानमा क्वारेन्टिनमा बसेका ती व्यक्ति घर फर्किएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो । आठवटा स्थानीय तहमध्ये तिला गाउँपालिका र हिमा गाउँपालिकाका क्वारेन्टाइनमा मात्रै ५०० जनालाई राखिएको थियो । तिला, गुठीचौर, पातारासी र चन्दननाथ नगरपालिकाका क्वारेन्टाइनका व्यक्ति धैरैजसो घर फर्किसकेको जनस्वास्थ्य कार्यलयल जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो । यहाँका आठवटै स्थानीय तहमा ८०० श्यया क्षमताको क्वारेन्टाइन तयार गरिएको छ ।
क्वारेन्टाइनमा बसेका २५७ जनाको पिसिआर परीक्षण गरिएकोमा २८ जनाको रिपोर्ट पोजेटिभ आएको कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । हाल जिल्लामा ५२८ जान क्वारेन्टिनमा छन् भने जिल्लाका आठवटै हेल्थ डेस्कमा अहिलेसम्म करीब १२ हजार १२९ जनाले स्वास्थ्य परीक्षण गराएको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस