उत्खनन रोक्न निर्देशन
खलङ्गा, २ असार/ नदीजन्य वस्तु उत्खनन अनुगमन समितिले अवैध रुपमा भइरहेको नदीजन्य वस्तुको उत्खनन तत्काल रोक्न निर्देशन गरेको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीको संयोजकत्वमा अनुगमनमा गएको टोलीले बोलपत्र आह्वान गरेर मात्र नदीजन्य वस्तुको उत्खनन गर्न निर्देशन दिएको छ ।
पातारासी गाउँपालिका जवा नदी क्षेत्रको अनुगमनका क्रममा नदीजन्य वस्तुको उत्खनन भएर ओसारपसार चलिरहेको भेटिएपछि तत्काल रोक्न निर्देशन दिइएको जिसिसका उपप्रमुख कार्मा बुढाले बताउनुभयो । जुम्लाका एक नगरपालिकासहित आठ स्थानीय तहमध्ये तातोेपानी, पातारासी र हिमा गाउँपालिकाले मात्र आइइई गरेका छन् ।
जुम्लाका सबै नदीमा भइरहेको उत्खननको अनुगमन गरेर आवश्यक निर्देशन जारी गर्ने तयारी भइरहेको अनुगमन समितिका प्रमुख सार्कीले बताउनुभयो । जिल्लाका हिमा, तिला र जवा नदीमा गिट्टीबालुवाको अवैध रुपमा उत्खनन भइरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस