• जीवनशैली | Jiwanshaili
  • भारत-चीनका सैनिक बीच हिंस्रक झडप भारतीय एक कर्नल र दुई जवानको मृत्यु


    भारत-चीन सीमा विवाद बढ्दो छ । सोमबार राती लद्दाखको गालवान भ्यालीमा दुई देशका सैनिकबीच हिंस्रक झडप भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । यसमा भारतका एक कर्नल र दुई जवानको मृत्यु भएको बताइएको छ । भारत–चीन सीमामा ५३ वर्षपछि अर्थात् सन् १९६७ पछि यस्तो स्थिती निम्तिएको स्रोतले बताएको छ ।

    दुई देशबीच हिंस्रक झडप डी–एक्सकेलेशनको क्रममा भएको स्रोतले बताएको छ । डी–एक्सकेलेशनको आधारमा दुई देशका सेना तनाव कम गर्ने कोसिसमा छन् ।

    सन् १९६७ मा पनि यस्तै झडप भएको थियोः

    ११ सेप्टेम्बर सन् १९६७ मा सिक्किमको नाथू–लामा भारत र चीनबीच हिंस्रक झडप भएको थियो । त्यसपछि १५ सेप्टेम्बर १९६७ मा पनि झडप भएको थियो । विवाद सन् १९६७ अक्टोबरमा रोकिएको थियो । चीनले त्यतिबेला नाथू ला मा झडपको क्रममा आफ्ना ३२ सैनिक मारिएको दाबी गरेको थियो । यस्तै, भारतका ६५ सैनिक पनि मारिएका थिए । यस्तै। चो ला झडपमा भारतका ३६ जवानको मृत्यु भएको थियो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस