फेरि अर्का गाउँपालिका अध्यक्षको निधन
मंगलबार, २ आषाढ, २०७७
सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको मंगलबार बिहान ३९ वर्षको उमेरमा निधन भएको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिए ।
विगत १० महिनादेखि पेटको आमासयमा रहने सानो आन्द्रामा क्यान्सर भएपछि थलिनुभएका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि जेठ १० गते हेलिकोप्टरमार्फत जन्मस्थल लुक्ला ल्याइएको थियो ।
खुम्बु क्षेत्र तथा शेर्पा समुदायमा लोकप्रिय शेर्पाको पछिल्लो समय काठमाडौंको ह्याम्स अस्पतालमा केमो थेरापी गराइएको थियो ।
चिकित्सकका अनुसार शल्याक्रिया गर्नुपर्ने भए पनि तौल कम हुँदा उपचार गर्न नसकिएको हो । स्वास्थ्य अवस्था स्थिर देखिएका कारण चिकित्सकले नै घर लैजान सुझाव दिएपछि लुक्ला ल्याएको प्रवक्ता शेर्पाले बताए ।
दश महिना पहिले भारतको मेदान्त अस्पतालमा भर्ना हुनुभएका शेर्पाले त्यहाँ दुई महिनासम्म रेडियो थेरापी गराएका थिए ।
त्यसपछि स्वीट्जरल्याण्डमा पनि थप उपचार गराएर काठमाडौं फर्कनुभएका शेर्पाले पछिल्लो समय ह्याम्स अस्पतालमा नियमित उपचार गराउँदै आउनुभएको थियो ।
अध्यक्ष शेर्पाले गाउँपालिका अध्यक्षको जिम्मेवारी सक्रियतापूर्वक निर्वाह गर्ने अवस्था नभएपछि उपाध्यक्ष टसील्हमू शेर्पालाई जेठ १२ गते देखि कार्यवाहाक अध्यक्षको जिम्मेवारी दिएका थिए ।
सोही बेला उनले सामाजिक सञ्जाल फेसबुकमार्फत वडाध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारी समेतलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका थिए ।
यस अघि केहि दिन अघि मात्र नवलपरासीका एक गाउँ पालिका अध्यक्षकाे दुर्घटनामा ज्यान गएकाे थियाे ।
पूर्व एमालेबाट निर्वाचित शेर्पा नेकपा सोलुखुम्बुको जिल्ला कमिटी सदस्य पनि थिए । उनको तीन छोरा छन् । रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस