गोली हानाहानमा सात तालिबानी लडाकू मारिए
२ असार/ अफगानिस्तानको दक्षिण प्रान्त हेलमाण्डको गेरेशक जिल्लामा सुरक्षा अधिकारी र तालिबान लडाकूबीच भएको दोहोरो झडपमा परी सात लडाकू मारिएका जिल्ला प्रहरी प्रमुख मोहमद खपाल्वाकले बताउनु भएको छ ।
मङ्गलबार बिहान सबेरै भएको यस दोहोरो झपडको क्रममा तालिबानी लडाकूहरु भागेका तर सात जनाको शव भने घटना स्थलमा फेला परेको बताइएको छ । तालिबान लडाकू समूहले भने यस विषयमा हालसम्म कुनै टिप्पणी गरेका छैनन् । छिमेकमा पर्ने सङ्गीन जिल्लामा सोमबार यस्तै प्रकारको झडप भएको र यसमा परी अन्य तीन लडाकू मारिएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस