• जीवनशैली | Jiwanshaili
  • सुशान्त सिंह राजपूतका भाउजुकाे पनि निधन


    टेलिभिजन हुँदै बलिउडमा आफ्नो करियर बनाएका सुशान्त सिंह राजपूतले १४ जुनमा आत्महत्या गरे । शोकमा रहेको परिवारमा शोक थपिएको छ । उनकी भाउजुले पनि सोमबार बिहारमा प्राण त्यागेकी छिन् ।

    टाइम्स अफ इन्डियामा प्रकाशित रिपोर्टअनुसार सुशान्तको मृत्युको खबरले स्तब्ध भएपछि उनकी भाउजु सुधादेवीले खाना खानै छाडेकी थिइन् । उनी सुशान्तका काकाका छोरा अर्थात् दाइ अमरेन्द्र सिहंकी पत्नी हुन् । जो सुशान्तको पुख्र्यौली गाउँ बिहारको पूर्णियास्थित मलडीहामा बस्थिन् ।

    पहिल्यैदेखि बिरामी रहेकी सुधा आइतबारदेखि खानपान छोड्दा निकै कमजोर भएकी थिइन् र बारम्बार बेहोस भइरहिन् । २४ घण्टासम्म भोकै रहेपछि उनले सुशान्तको अन्तिम संस्कार हुँदाको समय प्राण त्यागिन् । जसकारण, सुधाको परिवार मुम्बईमा भएको सुशान्तको अन्तिम संस्कारमा सहभागी हुन सकेन ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस