सडक बालबालिकाको उद्धार
काठमाडौँ, २ असार /भक्तपुरमा सडकमा भेटिएका छ जना बालकको उद्धार गरिएको छ । राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) को समन्वयमा भक्तपुरको कमलविनायकबाट पाँच जना र ठिमीबाट एक जना गरी छ जना बालकको उद्धार गरेको हो ।
उद्धार गरेलगत्तै उनीहरुको पुनःस्थापना केन्द्रमा व्यवस्थापन गरिएको परिषद्का प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो । बन्दाबन्दीको समयमा भक्तपुरमा पनि सडकमा बालकहरु बेवारिसे अवस्थामा भेटिएको खबर आउने वित्तिकै मन्त्री पार्वत गुरुङले तत्काल उनीहरुको उद्धार गरी व्यवस्थापन गर्न परिषद्लाई निर्देशन दिनुभएको थियो । त्यसलगत्तै सडकमा भेटिएका ती बालकको असार १ गते अपराह्न उद्धार गरी संरक्षणका लागि आवश्यक व्यवस्था परिषद्ले मिलाएको हो ।
लकडाउनको यस अवधिमा काठमाडौँ उपत्यकाभित्र ४१ जना र उपत्यका बाहिर ३२ जना गरी जम्मा ७३ जना सडकमा बेवारिसे अवस्थामा भेटिएका बालबालिकाको उद्धार गरी संरक्षणको व्यवस्था मिलाइएको परिषद्ले जनाएको छ । यसैबीच मन्त्री गुरुङले सडकमा बालबालिका बेवारिसे अवस्थामा भेटिए तत्काल नेपाल प्रहरी बालबालिका खोजतलास तथा समन्वय केन्द्रको हटलाइन सेवा ‘१०४’ मा तत्काल खबर गर्न सबैलाई पुनःआग्रह गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस