सिद्धबाबाबाट जीप खस्दा घाइते
रुपन्देही, २ असार/ बुटवल–तानसेन सडकखण्डको सिद्धबाबामा भीरबाट जीप खस्दा ६ युवक घाइते भएका छन् । प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाबाट बुटवलतर्फ आउँदै गर्दा प्रदेश ३—०१—२२च ४५२२ नम्बरको डबल क्याप जीप तिनाउ नदीमा अपराह्न खसेको थियो ।
दुर्घटनामा तिनाउ गाउँपालिका –३ दोभानका दया पाण्डे, शिव पाण्डे, नन्दु बस्याल, विनोद बस्याल, बालकृष्ण बस्याल र कृष्ण बस्याल घाइते भएको र सबैको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस