बालिकामा डेङ्गु सङ्क्रमण
स्वर्गद्वारी, २ असार / प्युठान नगरपालिका – ६ की एक ६ वर्षीयामा डेङ्गु सङ्क्रमण देखिएको छ । बिरामी भएर अस्पताल आएकी बालिकामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । बालिकाको जिल्ला अस्पताल बिजुवारमा उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि आज बुटवल सिफारिश गरिएको अस्पतालले जनाएको छ । गत वर्ष असोजमा एक र कात्तिकमा दुई गरी तीन जनामा डेङ्गु सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी राजन केसीले जानकारी दिनुभयो । मौसम परिवर्तनसँगै पहाडी जिल्लामा पनि डेङ्गु सङ्क्रमण देखिन थालेकाले वातावरणीय सरसफाइमा विशेष ध्यान दिन जिल्ला अस्पताल प्युठानका प्रमुख डा अमृत पन्थीले आग्रह गर्नुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस