भारतीय र चिनियाँ सेनाबीच भिडन्त, २० भारतीय सेनाको मृत्यु
भारत र चीनको सीमा क्षेत्र लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच भएको भिडन्तमा भारतीय सेनाका २० जनाको मृत्यु भएको छ। लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन उपत्यकामा भएको उक्त भिडन्तमा परी अरु भारतीय सैनिकको पनि ज्यान गएको हुन सक्ने भारतीय मिडियाले दाबीसाथ लेखेका छन्।
पछिल्लो डेढ महिनायता तनावग्रस्त बनेको यो क्षेत्रमा भारत र चीनका सैनिकबीच घम्साघम्सी पर्दै आए पनि यो खालको क्षति भने भएको थिएन। १५ जुन साँझदेखि तनाव सिर्जना भएको थियो।
झडपमा भारतीय सेनाका कर्णेलसहित २० जना सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेका छन्।
ज्यान गुमाउनेमा बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्णेल सन्तोष बाबु, हवलदार पालानी र सिपाही कुन्दन झा छन्। ज्यान गुमाउने अन्य भारतीय सैनिकको भने भारतीय सञ्चारमाध्यमले नाम उल्लेख गरेका छैनन्।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस