• जीवनशैली | Jiwanshaili
  • कोरोना भाइरसबाट ज्यान जाेगाउने औषधि ! पत्ता लागेकाे दावी


    विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)बाट जीवन जोगाउन मद्दत गर्ने औषधि पत्ता लागेको लागेकाे दावी गरेका छन। 

    बेलायतका स्वास्थ्य विज्ञहरूका अनुसार सस्तो र आम रूपमा पाइने डेक्सामेथासोन नामक औषधिले कोरोना भाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्ने  बताएका छन्।

    यसले भेन्टिलेटरमा राखिएका बिरामी ८ मा १ जना र अक्सिजन दिइएका २५ मा १ जनाको जीवन जोगाउने देखिएको विज्ञहरुको भनाइ छ । यो औषधि केही अघि पत्ता लागेको भए करिब पाँच हजार मानिसको अकाल मृत्यु रोक्न सकिने पनि बिबिसीलाई उद्धृत गर्दै बेलायतका स्वास्थ्य विज्ञहरुले जनाएका छन्। 

    मृत्युदर घटाउन सहयोगी हुने प्रमाणित यो नयाँ खालको औषधि नभएको र खासै महँगो पनि नभएको उनीहरुले बिबिसीसँग बताएका छन् । 


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस