वर्षासँगै आएको पहिरोले उदयपुरको पहाडी सडक अवरुद्ध
गाईघाट, ३ असार/ केही दिनयतादेखि निरन्तर वर्षासँगै पहिरो झर्न थालेपछि उदयपुर जिल्लाको मध्य–उत्तरी पहाडी क्षेत्रसम्म जोड्ने सडक अवरुद्ध हुनपुगेका छन् । एक सातादेखि निरन्तर वर्षा हुन थालेसँगै अहिले जिल्लाको सदरमुकाम गाईघाट, मुर्कुची पुवारे, माझखर्क हुँदै उत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका जोड्ने सडकमा पहिरो खसेपछि उक्त स्थानका सडक अवरुद्ध बन्न पुगेको हो । मुर्कुची, माझखर्क हुँदै लिम्चुङबुङको बासबाटे, सातदोबाटे, बराह, ताम्लीछा तथा जाँते र बलाम्ता गाउँहरु जोड्ने सडक पहिरोका कारण अवरुद्ध बन्न पुगेको लिम्चुङबुङ गाउँपालिकाले बताएको छ ।
यस क्षेत्र जोड्ने सडकहरुको थुप्रै स्थानमा पहिरो खसेको तथा रुखहरु ढलेर चार दिनदेखि यस क्षेत्रको सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु ढुवानीमा निकै समस्या आएको सो गाउँपालिकाका उपाध्यक्ष रमिला राईले बताउनुभयो । उपाध्यक्ष राईका अनुुसार मुकुर्ची बजार हुँदै पुवारे भएर डिल्लीबर, माझखर्कसम्मका क्षेत्रमा धेरै स्थानमा पहिरो खसेको र रुख ढलेर अहिले जिल्लाका उत्तरी पहाडी क्षेत्र जोड्ने सडक अवरुद्ध बन्न पुगेपछि यस क्षेत्रमा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र बिरामी विभिन्न स्थानमा उपचारका लागि लैजान समस्या भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस