वर्षासँगै आएको पहिरोले उदयपुरको पहाडी सडक अवरुद्ध

गाईघाट, ३ असार/ केही दिनयतादेखि निरन्तर वर्षासँगै पहिरो झर्न थालेपछि उदयपुर जिल्लाको मध्य–उत्तरी पहाडी क्षेत्रसम्म जोड्ने सडक अवरुद्ध हुनपुगेका छन् । एक सातादेखि निरन्तर वर्षा हुन थालेसँगै अहिले जिल्लाको सदरमुकाम गाईघाट, मुर्कुची पुवारे, माझखर्क हुँदै उत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका जोड्ने सडकमा पहिरो खसेपछि उक्त स्थानका सडक अवरुद्ध बन्न पुगेको हो । मुर्कुची, माझखर्क हुँदै लिम्चुङबुङको बासबाटे, सातदोबाटे, बराह, ताम्लीछा तथा जाँते र बलाम्ता गाउँहरु जोड्ने सडक पहिरोका कारण अवरुद्ध बन्न पुगेको लिम्चुङबुङ गाउँपालिकाले बताएको छ ।
यस क्षेत्र जोड्ने सडकहरुको थुप्रै स्थानमा पहिरो खसेको तथा रुखहरु ढलेर चार दिनदेखि यस क्षेत्रको सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु ढुवानीमा निकै समस्या आएको सो गाउँपालिकाका उपाध्यक्ष रमिला राईले बताउनुभयो । उपाध्यक्ष राईका अनुुसार मुकुर्ची बजार हुँदै पुवारे भएर डिल्लीबर, माझखर्कसम्मका क्षेत्रमा धेरै स्थानमा पहिरो खसेको र रुख ढलेर अहिले जिल्लाका उत्तरी पहाडी क्षेत्र जोड्ने सडक अवरुद्ध बन्न पुगेपछि यस क्षेत्रमा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र बिरामी विभिन्न स्थानमा उपचारका लागि लैजान समस्या भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस